गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ , गोठिचौर र गज्र्यानकोट गरी ३ गा.वि.स. हरु समावेश भएका छन्। ४२७ वर्ग कि.मि.
यो गाउँपालिका जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकाको धवलमुडी–०४ मा अवस्थित छ । यस गाउँपालिकाको चारै दिशामा सिंचाईयुक्त ज्यूलो , उत्तरपट्टि खेतीयोग्य पाखो जमिन रहेको छ । त्यस्तै करिब १६ वटा सामुदायिक वनहरू साथै सदाबहार सल्लो, देवदारको जंगल यस क्षेत्रमा रहेको छ । दक्षिणमा घना जंगलको साथै ठूलो पाटन अवस्थित छ ।