समाचार
गुठिचौर गाउँपालिकाको संक्षिप्त परिचय
गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका तथा नगरपालिकाहरु मध्येको एक स्थानीय तह हो। कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ , गोठिचौर र गर्ज्याङ्गकोट गरी ३ गा.वि.स. हरु मिलेर बनेको छ। करिब ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार जम्मा जनसंख्या १०९२२ रहेको छ। जसमध्ये महिलाको संख्या ५५३८ र पुरुषको संख्या ५३८४ रहेको छ। वडागत रुपमा हर्ने हो भने वडा नं. १ को कुल जनसंख्या २१३३ रहेको छ जसमध्ये महिलाको संख्या १०९७ र पुरुषको संख्या १०३६ रहेको छ। वडा नं. २ को कुल जनसंख्या २१०८ रहेको छ जसमध्ये महिलाको संख्या १०५५ र पुरुषको संख्या १०५३ रहेको छ। वडा नं. ३ को कुल जनसंख्या १५८६ रहेको छ जसमध्य महिलाको संख्या ८०१ र पुरुषको संख्या ७८५ रहेको छ। वडा नं. ४ को कुल जनसंख्या २६२७ रहेको छ जसमध्ये महिलाको संख्या १३४७ र पुरुषको संख्या १२८० रहेको छ। वडा नं. ५ को कुल जनसंख्या २४६८ रहेको छ जसमध्ये महिलाको संख्या १२४१ र पुरुषको संख्या १२२७ रहेको छ। यस गाउँपालिकाको कुल घरपरिवार संख्या २४४४ र जनघनत्व २६ रहेको छ। यस गाउँपालिकाको कुल साक्षरता दर ६९.२ रहेको छ जसमध्ये महिला साक्षरता दर ५९.७ र पुरुष साक्षरता दर ७९.१ रहेको छ। यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका , उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। यस गाउँपालिका अन्तर्गत ५ वटा वडाहरु रहेका छन्। यस गुठिचौर गाउँपालिकाको केन्द्र गुठिचौर गाउँपालिकाको वडा नं ४ मा पर्ने धलमुडी भन्ने स्थानमा हरेको छ। यस गाउँपालिकाको नामाकरण यस गाउँपालिका अन्तर्गतको पर्यटकीय स्थल गोठिचौरको मानबाट नामाकरण गरिएको हो।
यो गाउँपालिका भौगोलिक रुपमा अति सुन्दर र पर्यटकीय संभावना बोकेको गाउँपालिका हो। यस गाउँपालिका अन्तर्ग चिमारामालिका, गोठिचौर, दुधकुन्डली ताल, चोत्र नमुना बस्ती लगायत थुप्रै पर्यटकीय स्ठलहरु रहेका छन्।