समाचार
गुठिचौर गाउँपालिकाको संक्षिप्त परिचय
गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका तथा नगरपालिकाहरु मध्येको एक स्थानीय तह हो। कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ , गोठिचौर र गर्ज्याङ्गकोट गरी ३ गा.वि.स. हरु मिलेर बनेको छ। करिब ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार जम्मा जनसंख्या १०९२२ रहेको छ भने कुल घरपरिवार संख्या २४४४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका , उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। यस गाउँपालिका अन्तर्गत ५ वटा वडाहरु रहेका छन्। यस गुठिचौर गाउँपालिकाको केन्द्र गुठिचौर गाउँपालिकाको वडा नं ४ मा पर्ने धलमुडी भन्ने स्थानमा हरेको छ। यस गाउँपालिकाको नामाकरण यस गाउँपालिका अन्तर्गतको पर्यटकीय स्थल गोठिचौरको मानबाट नामाकरण गरिएको हो।
यो गाउँपालिका भौगोलिक रुपमा अति सुन्दर र पर्यटकीय संभावना बोकेको गाउँपालिका हो। यस गाउँपालिका अन्तर्ग चिमारामालिका, गोठिचौर, दुधकुन्डली ताल, चोत्र नमुना बस्ती लगायत थुप्रै पर्यटकीय स्ठलहरु रहेका छन्।